यदि कुनै व्यक्तिको साढेसाति,अढैया तथा त्रिभागी महादशा र योगिनी वा अन्तर्दशामा शनि छ भने निम्न फलहरु मिल्ने गर्दछ ।
- नोटः यदि शनि शुभ भए शुभ फल र अशुभ भए अशुभ फल दिने गर्दछ । यसका लागि ज्योतिषिसँग परामर्श लिनुहोला ।
झुट्टा आरोपहरु लाग्ने,शरीरमा आलस्य पैदा हुने,मानसिक चिन्ता बढ्ने,काममा ढिलासुस्ती हुने, मान—सम्मानमा आघात पर्ने,चोटपटकको भय रहने, सञ्चित धनको नाश गराउनेजस्ता फल साढेसाति र अढैया शनि हुने व्यक्तिरुलाई हुनेछन् ।
यदि शनि खराब छ र कुण्डली परिक्षणमा शनि नकारात्मक देखियो भने देवीपूजा,शनिमुद्रिका (रत्न) धारण गर्ने, शनिस्तोत्रपाठ गर्ने, पीपलमा जल चढाउने जस्ता उपायहरु अपनाउन सकिन्छ। अन्य उपायहरु जस्तै आयुका लागि मृत्युञ्जय पाठ र जप गर्नको लागि ज्योतिषीको सल्लाह लिनु पर्ने हुन्छ ।
शनिदेव

पीपलको प्रार्थना गर्ने मन्त्र
अश्वत्थ ! यस्मिन् त्वयि वृक्षराजे नारायणस्तिष्ठति सर्वकाले ।
अतः स्तुतस्त्वं सततं तरुणां धन्योसि चारिष्टविनाशकोसि ।।
पीपलमा जल चढाउने मन्त्र
मूलतो ब्रम्हरुपाय मध्यतो विष्णुरुपाय ।
अग्रतः शिवरुपाय अश्वत्थाय नमोनमः ।।




